राजनीति

तीन देलका शीर्ष नेताबीच छलफल जारी


काठमाडौँ – तीन प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा छलफल भएको छ। देउवा निवासमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो।

बिहीबार विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउन असफल भएका थिए थिए । तत्काल केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके पनि सहकार्यलाई जारी राख्नेबारे आज छलफल भएको छ । करिब एक घण्टादेखि नेताहरूबीच छलफल जारी छ।