राजनीति

४५ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता, जेठ ७ सम्म दावी विरोध गर्न सक्ने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले बिहीबार ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशिल सदस्यताको टुंग्याएको छ। सफ्टवेयरमा अन्तिम भएका क्रियाशिल सदस्यतालाई राखिएको र त्यसमा कुनै दाबी विरोध भए सूचना दिन समितिका सचिव केशव रिजालले आह्वान गरेका छन् ।
समितिले जारी गरिएको सूचनामा सार्वजनिक गरिएका नामावलीमा कुनै उजुरी वा गुनासो भएमा समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ जेठ ७ गतेभित्र लिखित उजुरी गुनासो पठाउन सक्ने उल्लेख गरिएको छ । क्रियाशिल सदस्यको विवरण कांग्रेसको आधिकारिक वेवसाइडमा राखिएको छ।