राजनीति

जसपालाई सरकारमा आउन ओलीको प्रस्ताव


काठमाडौँ – नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा)लाई प्रस्ताव गरेका छन्। जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन्।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो ओलीकै निरन्तराको पक्षमा छन्।

सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर–महतो अडान छ । जसपाले संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका आफ्नो माग राख्दै आइरहेका छन् । अहिले नै आफूहरु सरकारमा जाने कुनै मनशाय नभएको र गईहाले पनि आफ्नो माग सम्बोधन भएपछि एक डेढ महिना जान सक्ने ठाकुर–महतो निकट एक नेताले जनाएको छ । अन्यथा आफूहरु सरकारमा नजाने उनले स्पष्ट पारे । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीलाई हटाउन चाहान्थे भने जसपाको ठाकुर र महतोले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बन्न सकेको थिएन।

वैकल्पिक सरकार बन्न नसकेसँगै राष्ट्रपति भण्डारीले ओलीलाई ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीले आजै प्रधानमन्त्रीको सपथ लिदैछन्।