राजनीति

वामदेवद्वारा प्रधानमन्नी ओलीलाई बधाई, पार्टीको एकता निर्माणमा सफलता मिलोस्


काठमाडौं – नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले उक्त संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । साथै उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् । साथै उनले ओलीलाई ४३ औं प्रधानमन्त्री नियुक्ति भएकोमा बधाई पनि दिएका छन् ।
बिहीबार ओली र नेपालबीचको भेटले पार्टी एकताको दिशामा अघि बढेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।