राजनीति

नयाँ मन्त्रीपरिषद् विस्तारबारे बालुवाटारमा छलफल, को-को बन्लान् त मन्त्री ?


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा नवनिर्मित प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन्।
अब बन्ने बन्ने मन्त्रिपरिषद् विस्तारका लागि ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गर्न नेताहरुलाई बालुवाटार बोलाएको हो ।
तेस्रो पटक प्रधानमन्त्रीको बागडोर सम्हाल्ने क्रममा आज ओलीले राष्ट्रपति भवनमा शपथ लिदैँछन् । ओली बिहीबार प्रधानमन्त्रीमा पुनस् नियुक्त भएका थिए।

ओलीको शपथसँगै उनले आजै सानो आकारमा मन्त्रिपरिषद बनाउने छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ। ओलीले कस्लाई मन्त्री बनाउने भनेर केही मन्त्रीहरुको नाम सोचिसकेको स्रोतले जनाएको छ । तर, अबको मन्त्रिपरिषद्मा पुरानै मन्त्रीहरुले निरन्तरता पाउने छन् कि नयाँ मन्त्रीले नियुक्ति पाउने छन् त्यो भने सर्वत्र चासोको विषय बनेको छ ।