राजनीति

एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन


काठमाडौँ – नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिनुभयो ।

उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ । आजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भएको थियो । छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए ।

नेपाल समूहको राजीनामा रोकिएसँगै बहुमतसहितको नयाँ सरकार गठनको सम्भावना पनि टरेको थियो ।