राजनीति

ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, सपथग्रहण भोलि


काठमाडौँ – नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस-माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो ।

महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका स्रोतले जनाएको छ ।

आजै ९ बजेपछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।