राजनीति

ओली प्रधानमन्त्री बन्ने निश्चित : देउवा–प्रचण्डले घुँडा टेके, अब ओली नै शक्तिशाली बन्ने


काठमाडौँ – प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा आज राति ९ बजे सकिदैछ । तर तोकिएको समयसीमा सकिन केही घण्टामात्रै बाँकी रहेका बेला विपक्षी दलहरुले यथेस्ट बहुमतसहित दाबी पेश गर्न सकेका छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको समय सीमा विहिबार राति ९ बजे सकिदैछ । समय घर्किएसंगै गठबन्धन बनाएर ओलीको विकल्प खोज्न अघि बढेका दलहरुले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न नसक्दा अबको निर्णय राष्ट्रपतिको हातमा परेको छ । राष्ट्रपतिले चाहे दलहरुलाई थप समय दिन पनि सक्नेछिन् । नचाहे प्रधानमन्त्री ओलीलाई नै संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

तर समयसीमा सकिन केही घण्टामात्रै बाँकी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले दाबी पेश गरेको छैन । कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव धार सक्रिय रहेको गठबन्धनमा बहुमत संख्या नपुग्ने भएपछि दाबी पेश गर्न सकस परेको हो । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले विहिबार पनि सरकार गठनमा साथ नदिनेस्पष्ट पारेपछि देउवाएमालेको माधव पक्ष फकाउन लागिपरेका थिए । माधव पक्षले पनि राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि देउवासंग हात अघि बढाएकै बेला ओलीले कारबाही फुकुवाका हतियार फ्याकेपछि माधव पक्षसमेत पछि हटेको छ । यसले विपक्षी गठबन्धनलाई झनै कठिन मोडमा पु¥याएको छ ।

बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना एमालेको विभाजन हो । ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ । यसैविषयमा कांग्रेस सभापति देउवा र एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालर भीम रावलबीच मंगलबार छलफलसमेत भएको थियो । देउवाले राजीनामा दिएर सरकार बनाउन सघाए उपनिर्वाचनमा आफ्नो पार्टीले उम्मेद्वारी नदिनेदेखिमाओवादी र कांग्रेस मिलेर चुनावमा जिताउनेसम्मको प्रस्ताव अघि सारेका थिए । जसमै लोभिएका माधव पक्षका नेताहरुले राजीनामा पत्र तयार पारेको समेत सार्वजनिक चर्चा थियो ।यद्यपी विहिबार विहान बसेको एमाले स्थायी कमिटी बैठकमार्फत ओलीले चार नेतामाथि कारबाही फुकुवाको अस्त्र फ्याकेपछि यो पक्ष सोच्न बाध्य बनेको हो ।

दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले विहिबार राति ९ बजेको समयसीमा पछि जतिवेला पनि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।