राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपाका) अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार ठाकुरसँगै बरिष्ठ नेता राजेन्द्र महतो पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्दैछन् ।

कांग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका गरेको छ ।