राजनीति

वार्तापछि माधव नेपाल भन्छन् : दुई-चार दिनलाई राजीनामा टर्‍यो


काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुले सांसद पदबाट दिने भनिएको राजीनामा टरेको बताउनुभएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

‘राजीनामा दिने कुरा भएन, मिल्ने आधारमा कुरा भएको छ। सबै कुरा सहमतिको आधारमा अघि बढ्छ,’ माधवकुमार नेपालले भन्नुभयो । बैठक फेरि बस्ने सहमति भएको नेपालले जानकारी गराउनु भयो ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट पुर्नजीवित गर्ने र त्यसपछिका गतिविधिहरु पार्टीभित्रको सहमतिको आधारमा गर्ने सहमति भएको पनि नेता नेपालले बताउनुभयो ।