राजनीति

ओली नै प्रधानमन्त्री बन्ने सम्भावना, यस्तो छ कारण !


काठमाडौँ – जसपाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा साथ नदिन बताएसँगै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष समेत निकालेको छ । सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार वार्तापछि बरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूको सामूहिक राजीनामा तत्काललाई टरेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री पदबाट बर्खात भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्रीको नामसहित दाबी प्रस्तुत गर्नका लागि तीन दिनको समय दिएको छ, सो समय आज सकिदै छ ।