राजनीति

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी


काठमाडौँ — बहुमतको सरकार गठन दाबी गर्नका लागि अग्रसर कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।