राजनीति

देउवा निवास बूढानीलकण्ठ पुगे प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा दाहाल र देउवा भेट्न गएका हुन् ।

देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेको स्रोतको दाबी छ । यसैबीच देउवाले अपरान्ह ४ बजे पार्टी पदाधिकारी बैठक राखेका छन् ।