राजनीति

ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसोर्टमा


काठमाडौँ — जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ । स्रोतका अनुसार ठाकुरले बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको हो । स्रोतका अनुसार रिसोर्टमा १७ सांसदमध्ये १३ जना रहेको समेत जनाएको छ ।

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छ । कुन रिसोर्टमा भन्ने खुलेको छैन् । जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन् ।