राजनीति

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट हुँदै

योहो संवाददाता

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजै भेटवार्ता हुने भएको छ। भेट हुने समय र स्थानको भने अहिले टुंगो लागेका छैन । आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय लिन सक्ने आशंका गरिएको छ ।
वरिष्ठ नेता नेपालले२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्।आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले आजै राजीनामा दिने समेत चेतावनी दिएका छन्।
नयाँ सरकार गठनको आज अन्तिम दिन सबै राजनीतिक दल व्यस्त देखिएका छन् । विशेषत नेकपा एमालेमा आज बिहान देखि नै एकपछि अर्काे ठूला निर्णय भईरहेको छ । ओली पक्षीय नेता विष्णु पौडेल बिहानै नेपाल निवास कोटेश्वार पुगेर छलफल गरेका थिए । लगत्तै पार्टीको स्थायी कमिटी बैठकमा सामेल भएका थिए । बैठकले नेपालसहितका चार नेतामाथि लगाएका पार्टी निलम्बन फुकुवाको निर्णय गरेको थियो ।