राजनीति

योगेश भट्टराईको ट्वीट: अब सहमतिमा जुट्नु पर्छ


काठमाडौँ – नेकपा एमालेका युवा नेता योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गल्ती सच्याएको भन्दै सहमतिका लागि अघि बढ्नुपर्ने बताएका छन्।
सामाजिक सञ्‍जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले यस्तो लेखेका छन् ,’हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।’
एमालेको आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनाको निलम्बन फुकुवा गरेको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनी मन्त्री पदबाट राजीनामा दिँदै विरोधमा उत्रिएका थिए। उनले नेता नेपाल र भिम रावललाई चैत छ गते र घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत १९ गते पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको थियो।