राजनीति

जसपाका नेता महतो देउवालाई भेट्न बूढानीलकण्ठमा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

जसपाको उपेन्द्र यादव समूहले देउवालाई सघाएपनि अहिलेसम्म महत्थ ठाकुर र राजेन्द्र महतो विपक्षमा रहेका छन् । यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काँग्रेसका सभापति देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।

देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।