राजनीति

नेपालसहित चार नेताको निलम्बन फुकुवा


काठमडौँ – एमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ। बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुवाव गर्ने निर्णय गरेको हो।

अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ गते नेताहरुलाई निलम्बन गरेका थिए।

पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने खालको बाटोमा नहिँड्न नेता नेपाल पक्षलाई आह्वान पनि बैठकले गरेको छ।

बैठकले स्थायी कमिटिको अधिकार अध्यक्ष ओलीलाई दिने निर्णयसमेत गरेको उनले बताए। पार्टीहित विपरीत समान्तर गतिविधि गरेको भन्दै ओलीले चार नेतालाई प्रष्टिकरण सोधेका थिए।