राजनीति

पौडेल र नेपालबीचको छलफल सकियो ; ०७५ जेठ ३ अघिको स्थायी कमिटी बसेर छलफल गर्ने प्रस्ताव

यो सब तपाईहरुको अलमल्याउने बाटो मात्रै


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुको छलफल सकिएको छ । दुई पक्षबीच कुरा नमिलेपछि छलफल सकिएको हो ।

सो छलफलमा पौडेलले नेता नेपालसँग २०७५ जेठ ३ अघिको एमालेको स्थायी कमिटी बैठक बसेर बाँकी विषयमा छलफल गर्न प्रस्ताव गरेका थिए । पौडेलको प्रस्तावमा नेता नेपालले त्यसपछि जिल्लारप्रदेशमा बनाइएका नयाँ कमिटीबारे के गर्ने त ? भनेर प्रश्नमा पौडेलले त्यसका लागि कार्यदल बनाउन सकिने बताएका थिए। पौडेलको यस्तो कुरो सुनेर नेपालले यो सब तपाईहरुको अलमल्याउने बाटो मात्रै रहेको बताएका थिए ।

एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।
प्रधानमन्त्री ओली गत सोमबार विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन बिहीबार राति ९ बजेसम्मको समय दिएकी छिन्। उक्त समय सकिने दिन ओली पक्षीय नेताहरू माधव नेपालसँग छलफलका लागि ओली पक्षीय नेता बिष्णु पौडेललगायत बिहीबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए। नेपाल समूहले गत सोेमबार वैशाख २७ गते २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।