राजनीति

अध्यक्ष ओलीले बोलाए पार्टी स्थायी कमिटीको बैठक


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषयमा छलफल गर्न एमाले स्थायी कमिटि बैठक बोलाएका छन् । आकस्मिक रुपमा बोलाएको बैठक बालुवाटारमा बस्ने तयारी भएको छ ।

बैठकमा नयाँ सरकार गठन र नेता माधवकुमार नेपाल समूहका बारेमा छलफल हुने जनाइएको छ । नेता सुवासचन्द्र नेम्वाङले भनेका छन्, ‘अब के गर्ने भन्नका लागि यो बैठकले आधार तयार गर्ने छ। हामी सबै एकै ठाउँमा बसेर छलफल गरेरै निर्णय लिन्छौँ ।’