राजनीति

राष्ट्रपतिले दिएको तीनदिनको समयसीमा आज सकिँदै


काठमाडौँ – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ । संविधानको धारा ७६ को (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले तीन दिन समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । जसपा अध्यक्ष महेन्द्र ठाकुर पक्षले ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बहुमत जुटाउन समस्या भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई समूहको समर्थन छ ।

ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।

नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्ने चर्चा छ । धारा ७६ ९२०अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री बन्नेछन् ।