पर्यटन

सगरमाथा आरोहणमा आएन कमी, बुधबारमात्रै ७० जनाले चढे


काठमाडौँ – कोरोना भाइरस महामारीकै बीचमा पनि सगरमाथा आरोहणमा कमी आएको छैन । दिनहुजसो एकपछि अर्काे गर्दै सगरमाथको सफल आरोहण गरेको समाचारहरु आइनैरहेका छन् ।

बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएका छन्। सगरमाथाको नयाँ उचाई मापन भईसके पश्चात् यो तेस्रो आरोहण हो । यसअघि गत शुक्रबार कामिरिता शेर्पा र मंगलबार बहराईनका राजकुमारको टोलीले सगरमाथा आरोहण गरेका थिए । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ ।
यो वर्ष यकिनका साथ भन्न नसक्ने अवस्था रहे पनि हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । अझै केही आरोही सगरमाथा आरोहणको प्रयासमा छन्।