कोरोना विशेष

सेनाको हेलिकप्टरमा ४० सिलिण्डर अक्सिजन रुपन्देही ल्याइयो


काठमाडौँ – रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सिमरा र चितवनबाट ४० सिलिण्डर अक्सिजन ल्याइएको छ ।

आपतकालीन व्यवस्थापन गरी सेनाको हेलिकप्टरबाट अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको उक्त अक्सिजनको लागत खर्च संघ र प्रदेश सरकारसंग मागिने र व्यवस्था नभए सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले साझेदारीमा व्यहोर्ने समझदारी गरिएको छ ।

उक्त अक्सिजनमध्ये धेरैजसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई र केही भीम अस्पताल भैरहवामा प्रयोग हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर पुर्‍याइसकिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । आज मात्रै सो अस्पतालमा अक्सिजनको अभावले पाँच जनाको मृत्यु भएको थियो ।