राजनीति

सांसदहरुलाई दोस्रो डोज खोप लगाउने मिति तय


काठमाडौँ – संघीय संसद्का सांसदहरुलाई कोरोनाविरुद्धको खोप दोस्रो डोज खोप लगाउने मिति तय भएको छ । संघीय संसद् सचिवालयले दोस्रो डोज खोप वैशाख ३१ गते लगाउने तय भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते संघीय संसद्का पदाधिकारी र सचिवालयका सबै कर्मचारीले जेठ १ गते, र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित कर्मचारी, संघीय मामिला पत्रकारले जेठ २ गते खोप लगाउने तालिका रहेको

संघीय संसद्का सदस्यहरुले कोरोना खोपको पहिलो डोज फागुन तेस्रो हप्ता लगाएका थिए ।