कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९२७ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा २ हजार७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार अहिले काठमाडौँ उपत्यकामा ४० हजार २२२ कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।