समाचार

भारतमा फैलिएको कोरोना भेरियन्ट अधिक संक्रामक : डब्ल्यूएचओ


काठमाडौँ – विश्व स्वास्थ्य संगठनले भारतमा देखिएको कोरोनाभाइरसको उत्परिवर्तनलाई अधिक संक्रामक भेरियन्ट घोषणा गरेको छ ।
भारतमा भेटिएको बी–१–६१७ भेरियन्ट अधिक संक्रामक रहेको पाइएको संगठनकी वरिष्ठ वैज्ञानिक मारिया भान केरखोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका अध्ययनहरुलाई उल्लेख गर्दै केरखोभले भाइरसको ‘न्युट्रलाइजेसन’मा कमी आएको बताएकी छन् ।भारतीय भेरियन्टविरुद्ध औषधि वा खोप कम प्रभावकारी हुने ठोस प्रमाण भने नभेटिएको उनले स्पष्ट पारेकी छन् ।