राजनीति

प्रतिनिधिसभा बैठक वैशाख ३० सम्मलाई स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको बैठक वैशाख ३० गते सम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् भने उनी नेतृत्वको सरकार ढलेको छ ।