राजनीति

अब संविधानको धारा ७६ (२) अनुसार सरकार बन्नुपर्छ : सभापति देउवा


काठमाडौँ – प्रमुख प्रतिपक्ष कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि संसदमा आफ्ना धारणा राख्दै देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकोले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरे ।

देउवाले ओली सरकार अधिनायकवादी बनेको, गणतन्त्रमाथि खतरा पैदा गरेको कारण विश्वासको मत दिन नसक्ने बताउनुभयो । संसद बैठकमा नेताहरुले बोलिसकेपछि मतदान प्रक्रिया सुरु हुनेछ ।