राजनीति

विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदा पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो : सभापति देउवा


काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि मागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।’ संसद्को विश्वास आफ्नो सरकारलाई छ भन्ने प्रस्ताव ओलीले राखेपछि दलका नेताहरू छलफलमा सहभागी भइरहेका छन् ।