राजनीति

विष्णु पौडेल र माधव नेपालका तीन नेताबीचको छलफल विना निष्कर्ष टुंगियो


काठमाडौ – पार्टी एकता गर्नका लागि बसेको एमालेका दोस्रो तहका नेतको छलफल विनानिष्कर्ष टुंगिएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।
पार्टीलाई फुटको दिशाबाट पार लगाउने उद्देश्यले बसेको सो बैठकमा ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई घनश्याम भुषाल र गोकर्ण विष्ट सहभागी थिए ।