राजनीति

पार्टी विभाजन रोक्न विष्णु पौडेल नेपाल पक्षका तीन नेतासँग छलफलमा


काठमाडौँ – नेकपा एमाले फुटतिरको संघारमा पुगिरहेको बेलामा दोस्रो तहका नेताहरु भने अझै पार्टीलाई एकताबद्ध बनाउनेमा लागिपरिरहेका छन् । यसै विभाजनलाई रोक्न पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका विष्णु पौडेल अन्तिम प्रयास भन्दै माधव नेपाल पक्षधर सांसदहरुसँग छलफलमा जुटेका छन् ।
सिंहदरबारमा माधव नेपाल पक्षका नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग नेता पौडेल छलफलमा बसेका छन् । यसअघि सोमबार बिहान बसेको बैठकले माधव पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निर्णयबाट पछि हटेपनि आजको संसद् बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ । सो लगत्तै, नेता पौडेल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर माधव पक्षधर तीन नेतासँग छलफलमा बसेका छन् ।