राजनीति

खनाल–नेपाल समूहले राजीनामा नदिने, संसद्मा अनुपस्थित हुने


काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु आज हुने संसद्को बैठकमा अनुपस्थित हुने भएका छन् ।

एमाले नेता भिम रावलले सञ्चारकर्मीसँग कुरा गर्दै सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसद्को बैठकमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज सिंहदरबारमा माधव–झलनाथ समूहको ब्ैठक बसेको थियो । त्यही बैठकले यस्तो निर्णय गरेको हो ।