राजनीति

माओवादी केन्द्रको बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दै छ । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।