राजनीति

ओलीले राजीनामाभन्दा विकल्प नै छोडेनन् ,नेताहरु सामूहिक राजीनामा दिने संघारमा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सामूहिक राजीनामाको बाटो मात्र बाँकी राखेको नेपाल–खनाल समूहका नेताहरूले बताएका छन् । नेताहरुले ओलीले पार्टी एकता गर्न नचाहेरको र आफूहरुसँग अब सामूहिक राजीनामाको मात्रै विकल्प भएको बताएका हुन् ।

खनाल–नेपाल पक्षीय नेता मेटमणि चौधरीले अब नकुर्ने र अन्तिम विकल्पको रूपमा राजीनामा नै दिने बताएका छन् । उनले ओली एकताको विरुद्धमा देखिएको आरोप लगाएका छन् । नेपाल खनाल समूहका सांसदहरू अहिले सिंहदरबारमा छलफलमा छन् । खनाल–पक्षले सामूहिक राजीनामा दिने निश्कर्ष शनिबार नै निकाले पनि आफ्ना माग पूरा गर्न सोमबार ९ बजेसम्मको समय दिइएको थियो ।