राजनीति

खनाल–नेपाल पक्षले दिएको समयसिमा थाहा पनि छैन, अर्थ पनि छैन : नेता नेम्वाङ


काठमाडौँ – नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले खनाल–नेपाल समूहले दिएको समयसिमाको बारेमा आफूहरुलाई केही थाहा नभएको बताएका छन् । साथै उनले यदि त्यस्तो केही दिएको भए पनि त्यसको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन् ।
उपनेता नेम्वाङले माधव नेपालको ६ बुँदे सर्तबारे पनि आफुलाई थाहा नभएको बताए ।

नेम्वाङले आफूहरुसँग कुरा गर्दा नेता नेपालले बरु ठोस प्रस्ताव ल्याउन भनेको बताए । आफूले राजीनामा साजिनामाका कुरा नगरौं भन्दा नेपालले हुन्छ वा हुन्न केही नभनेको भन्दै टाउको मात्रै हल्लाएको नेम्वाङAले सुनाए ।