कोरोना विशेष

वरिष्ठ नेता खनाल संक्रमणमुक्त


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन् ।
खनाल संक्रमणमुक्त भएको खबर उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिएका हुन् । नर्भिक अस्पतालमा संक्रमित भई उपचाररत खनालको शनिबार पीसीआर परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो ।
संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने भट्टराईले जानकारी दिए । खनाललाई कोरोना संक्रमण भएपछि वैशाख १८ मा अस्पताल भर्ना गरिएको थियो ।