राजनीति

प्रधानमन्त्री ओलीलाई लिएको समयसिमा समाप्त, खनाल–नेपालसमूहको बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको समयसिमा सकिएको छ । पार्टीलाई एकताबद्ध बनाउनका लागि खनाल–नेपाल पक्षले आज नौ बजेसम्मका लागि समयसिमा तोकेका थिए ।

पार्टी एकताको विषयमा आफूहरु अन्तिम समयसम्म पनि तयार भएको नेता योगेश भट्टराईले बताएका थिए । त्यसैको फलतः आज विहान ९ बजेसम्मका लाथि समयसिमा तोकिएको हो । ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए कठोर निर्णय गर्ने निष्कर्ष निकालेको नेताले भट्टराईले जानकारी दिएका थिए।


ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त नभएकोेले त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ । खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् ।