राजनीति

माधव नेपाल परचक्री भएको प्रेस सल्लहारकारको थापाको आरोप


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले परचक्री भएको आरोप लगाएका छन् । संसद्मा विश्वासको मत लिनु अघि नेपाल समूहले राखेका ६ बुँदे सर्तका आधारमा थापाले ‘परचक्री सेवाको नियत’ रहेका भन्दै आरोप लगाएका हुन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा रहेका थापाले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै , ‘निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नु भएछ १ प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको देखियो । राजनीति गर्नु राम्रो,तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन ।’ यस्तो लेखेका हुन् । थापालाई कोरोना संक्रमण देखिएपछि अहिले उनी आइसोलेसनमा छन् ।