समाचार

खनाल–नेपाल समूहको बैठक बस्दै


काठमाडौँ – नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल निकट सांसदहरुको संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दैछ । सोमबार (आज) संघीय संसद्मा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा बिहान साढे नौ बजे बैठक बस्ने लागेको हो ।

आज दिउँसो १ बजे संसद् भवन नयाँ वानेश्वरबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिनेरनदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।