राजनीति

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै


काठमाडौँ – आज वैशाख २७ अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने दिन । आज दिउँसो १ बजे संसद् भवन नयाँ वानेश्वरबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

एमालेले प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीलाई प्रस्तावको पक्षमा मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप उनले जारी गरेको जनाएका छन् ।


सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जनामात्र सांसद रहेका छन् । एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उत्रिएका छन् । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ ।

आज संसद्मा बैठकमा हुने सम्भावित कार्यसूचीबारे हिजो नै सार्वजनिक गरिसकेको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए ।संघी य संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजकै दिन अर्को बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने छ । कोरोना संक्रमण भएका सांसदहरुलाई मतदान गर्ने अलग्गै व्यवस्था गरिएको छ ।

एमालेले प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीलाई प्रस्तावको पक्षमा मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप उनले जारी गरेको जनाएका छन् ।