राजनीति

प्रधानमन्त्रीको विवादास्पद् अभिव्यक्ति : महामारी फैलाउने सरकार, दोष पाउने जनता


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना अभिव्यक्तिका कारण पुनः एकचोटी विवादमा तानिएका छन् ।
शनीबार अमेरिकी टेलिभिजन संस्था सिएनएनलाई अन्तवार्ता दिदै नेपालमा कोरोना महामारी नियन्त्रणमै रहेको र महामारी फैलिनुमा सर्वसाधरण दोशी भएको बताएपछि विवादमा तानिएका हुन् । जबकी पछिल्ला घटनाक्रम हेर्न हो भने सरकार नै भिडभाडजन्य सभा सम्मेलनमा अग्रसर देखिएको थियो ।

कोरोना महामारीका विषयमा विभिन्न अभिव्यक्ति दिएर विवादमा आईरहने प्रधानमन्त्री केपी शर्मा ओली पुन एकचोटि विवादमा तानिएका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन लाई अन्तवार्ता दिदै महामारी फैलिनुमा सर्वसाधरणको लापर्रवाहीलाई मात्र दोषी देखाएपछि प्रधानमन्त्री आलोचित भैरहेका छन् ।

तर बास्तविकता हेर्न हो भने कोरोना फैलिनुमा सरकार र राजनीतिक दल पनि उत्तिकै दोषी छन् । महामारीको दोश्रो लहर आईसकेपछि सरकाले सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न सचेत तुल्याएपनि आफूले भने नियमको पालना गरेन ।

कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि २५ जना भन्दा बढि भेला हुन नपाउने नियम ल्याएपछि भएको रामसिताको मूर्ती माडि पठाउने रथयात्राको कार्यक्रम स्वयम सरकारले गरेको थियो । आफैले बनाएको कानुनको धज्जी उडाएर भएको यो कार्यक्रममा सरकारका मन्त्रीहरु र उच्चपदस्थकै उपस्थिती रहेका थिए । प्रधानमन्त्री स्वयम उपस्थिती सो कार्यक्रमको आलोचना भएपनि सुवास नेम्बाङले त राजपत्रमा नछापिएकोले केहि हुन्नसम्म भन्न भ्याए ।

कति हतार हतारमा गरिएको थियो धरहराको उद्घाटन । उपत्यकामा निषेधाज्ञा सुरु हुनुभन्दा केहि दिन अघि मात्र गरिएको यो कार्यक्रममा सयौँको संख्यामा मानिसहरु उपस्थिती थिए । पुरा निर्माण सम्पन्न नै नभई गरिएको उद्घाटनमा सरकारी कर्मचमरीकै बाग्लो उपस्थिती थियो । प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गरेर प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि गरेका थिए ।

निकै तामझामका साथ गरिएको यो कार्यक्रम भएको दिन बैशाख ११ गते संक्रमितको संख्या उच्च हुन थालिसकेको थियो । यतिमात्र हैन सरकारको लापरबाहीको श्रृखला अझ अघिबाटै सुरु भएको देखिन्छ । संक्रमणको दर बढ्न थालेपछि विद्यालय बन्द गर्ने विषयमै पनि सरकारकै मन्त्रीहरुबीच किचलो थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्दको सिफारिस गर्दा शिक्षामन्त्री चाँहि यसो भन्दै थिए ।
अझ जनस्वास्थ्यविद्ले कोरोनाको दोश्रो लहरको चेतावनी दिइसकेको अवस्थामा हजारौको संख्यामा काठमाडौँ मानिस उतार्ने कार्य समेत सरकारले गरेको थियो । तत्कालिन नेकपाको प्रचण्ड–नेपाल पक्षको सभालाई चुनौती दिदै प्रधानमन्त्रीकै आह्वानमा अर्को जनसभा भएको थियो भने यो अवधीमा राजनितिक स्वार्थपूर्तीका लागि अरु दर्जनौ सभा भए । तर सरकार भने सर्वसाधरणको लापरबाहीकै कारण कोरोना बढेको दाबी गर्न छोडेको छैन ।