राजनीति

ओलीलाई माधव पक्षले दियो भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम


काठमाडौँ – नेकपा एमालेका झलनाथ खनाल–माधव नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् ।

भोलि बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिनुभयो ।