राजनीति

प्रधानमन्त्री ओलीको प्रेस विज्ञप्ति : अपराधको कर्ममा नलाग्न सांसदलाई आग्रह


काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदि आफ्नो दलका सांसदहरुले सामूहिक राजीनामा गरे त्यसलाई ‘अपराध कर्म’ को संज्ञासँग दाँज्न मिल्ने बताएका छन् । ओलीले आज प्रेस वक्तव्य जारी गर्दै जानी नजानी अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले त्यस्तो कार्य गरेमा त्यो अपराधाको कर्ममा सामेल हुने बताएका हुन् । त्यस्तो कर्ममा कसैलाई पनि सामेल नहुन पनि उनले आग्रह गरेका छन् ।

‘भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन,’ उनले भनेका छन्,‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।’

अध्यक्ष ओलीले प्रेस वक्तव्यमा भनेका छन्, ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन्। यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी–गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्।’ ‘यस्तो खाले अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुने ओलीले आह्वान गरेका हुन् ।

साथै ओलीले इमान्दार नेता कार्यकर्ता र पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् । सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव बनाउने घातक प्रवृत्तिहरु आफ्ना पार्टीमा देखा परेको उनको भनाई छ ।
‘भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन,’ उनले भनेका छन्,‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।’

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदहरु सामूहिक राजीनामाका लागि अगाडि बढ्दा ओलीको विज्ञप्ति आएको हो ।