राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । गुरुङले राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो ।

उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।

यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए ।