राजनीति

जसपाका नेता बुढानीलकण्ठबाट सोझै बालुवाटारमा, ओलीलाई विश्वासको मत दिन नसकिने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। जसपका यी दुई नेता बुढानीलकण्ठबाट छुटे लगत्तै प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटर पुगेका हुन्। सो भेटमा महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।

आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता के हुँदैछ भनेर आफूहरूले प्रधानमन्त्रीसँग सोधेको नेता महतोले बताए।
जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता लिनेजस्ता काम गर्नुपर्ने खालका रहेको बताएका थिए भने कतिपय मुद्दा फिर्ता भइसकेको उल्लेख गरेका थिए। त्यसै क्रममा आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने बताएका हन् । साथै उनले आफूहरुले विपक्षमा पनि मत नदिने स्पष्ट पारेका छन् ।

यसघि नेता ठाकुर र महतो सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । सो छलफलमा देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । तर जसपाले अहिलेसम्म कुनैपनि निर्णय गरिनसकेको जानकारी गराएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै सबै दल राजनीतिक भेटघाट र छलफलमा व्यस्त देखिन्छन् ।