राजनीति

संवैधानिक परिषद्द्वारा संवैधानिक आयोगमा नियुक्तिको सिफारिस


काठमाडौँ – आज सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ आयोगमा सिफारिस गरेको परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

कुन आयोगमा कसलाई नियक्तिको सिफरिस गरियो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको पनि जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने बैठकमा अनुपस्थित भएका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका थिए ।