राजनीति

जसपाका दुई नेता ठाकुर र महतो देउवा निवासमा


काठमाडौँ –जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष र महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका छन् । आईतबार बिहनै ९ बजे देखि सभापति देउवा र जसपाका दुई नेताबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मतको सामना गर्ने भनेपछि राजनीतिक पार्टीहरु दोडधुपमा लागेका छन् । राजनीतिक जोडघटाउ र माधवकुमार नेपाल पक्षको सम्भावित कदम र उत्पन्न हुनसक्ने अवस्थाबारे विचार विमर्श भइृरहेको जनाएको छ ।

भोली वैशाख २७ मा ओलीले विश्वासको मत लिदैछन् । त्यही भोली हुने विश्वासको मतलार्ई लिएर नेपाली राजनीतिमा एकपछि अर्काे राजनीति भेटघाट हुने क्रम बढी रहेको छ ।