राजनीति

सभामुखद्वारा परामर्श समितिको बैठक आह्वान


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनु भएको छ । सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आइतबार दिउँसो ३ बजेका लागि संसद्को ल्होत्से हलमा बैठक डाकिएको छ । सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । सो बैठकका विषयमा परामर्श गर्नका लागि बैठक बोलाएका हुन् ।