समाचार

सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिने अस्पताललाई कारवाही गर्ने


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो महामारीको समयमा सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । महामारीको समयमा केही निजी अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको जनगुनासो आइरहेको भन्दै सरकारको यसमा गम्भीर ध्यनाकर्षण भएको जनाएको छ ।

मन्त्रालले बुधबार अपरान्ह एक वक्तव्य जारी गर्दै अनावश्यक शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि कारवाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले कुनै पनि व्यक्ति वा संस्थाले यस्तो खाले गतिविधि गरेको पपाइएमा मन्त्रालयलाई जानकारी दिनपनि अनुरोध गरिएको छ । कालो बजारीमा मन्त्रालयको नियमित अनुगमन भैरहेको बताउँदै विज्ञप्तीमा नियानुसार कार्वाही गर्ने पनि भनिएको छ ।

गतसाता उपत्यकाका केही निजी अस्पतालहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिनेसहितका विज्ञापन प्रकाशमा आएका थिए । ती निजी अस्पतालको यस्तो गतिविधिको सामाजिक संजालमा चर्को आलोचना भएको थियो ।