समाचार

जनगणना तत्कालका लागि स्थगित


काठमाडौँ – यो वर्ष गरिने भनिएको राष्ट्रिय जनगणना २०७८ तत्कालका लागि स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण तत्कालका लागि जनगणना स्थगित गरेको हो ।
दैनिक भयावह रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमितलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । महामारीको समयमा घर–घरमा पुगेर जनगणना गर्न जोखिम हुने र यो सम्भव पनि नहुने भन्दै सरकारले स्थगित गरेको हो । यसअघि जेठ २५ देखि असार ८ सम्म जनगणनाको मिति तय भएको थियो । यस्तै, जनगणना गर्नका लागि केन्द्रीय तथ्यांक विभागले ८ हजार सुपरिवेक्षकको माग गरेको थियो । जनगणना स्थगित भएसँगै उनीहरुको तालिम पनि स्थगित गरिएको छ ।